रामेछापबाट बने पाँच सांसद



२४ मंसिर, रामेछाप ।
प्रतिनिधिसभा र प्रदेशसभामा गरी रामेछापबाट पाँच सांसद निर्वाचित भएका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा नेपाली कांग्रेसका पार्टी सभापति पूर्ण बहादुर तामाङ कान्छाराम निर्वाचित भएका थिए । त्यसैगरी रामेछापको प्रदेश क मा नेकपा माओवादी केन्द्रका नेता तारानारायण श्रेष्ठ र प्रदेश ख मा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य युवराज चौलागाई निर्वाचित भएका थिए ।
त्यसैगरी बागमती प्रदेश सभामा नेकपा एमाले रामेछापबाट दुई जना प्रदेश सभा सदस्यमा सिफारिस भएका छन् । नेकपा एमालेले बागमती प्रदेशको सांसदको लागि समानुपातितर्फ एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ र नेतृ माया कार्कीलाई चयन गरेको छ । यो सँगै यस पटक रामेछापबाट सांसद बन्नको संख्या पाँच पुगेको छ । गत निर्वाचनमा रामेछापबाट चार जना सांसद चयन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्