खाँडादेवी जेसीजको अध्यक्षमा श्रेष्ठ निर्वाचित



२५ मसिर, रामेछाप ।

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशील संस्था खाँडादेवी जेसीज वर्ष २०२३ को अध्यक्षमा विनोद कुमार श्रेष्ठ निर्वाचित भएका छन् । खाँडादेवी जेसीजको माकादुममा सम्पन्न दोस्रो अधिवेशनले अध्यक्षको नेतृत्वमा आगामी एक वर्षको लागि नयाँ नेतृत्व चयन गरेको हो । वर्ष २०२३ को नयाँ समितिको कार्यकारीणी उपाध्यक्षमा रामकुमार श्रेष्ठ र विपिनराज श्रेष्ठ, उपाध्यक्षहरुमा तेजकुमार श्रेष्ठ, मन्दिरा श्रेष्ठ, अन्जु बोहरा राउत, असिम श्रेष्ठ निर्वाचित भएका छन् ।
खाँडादेवी जेसीजको विधानअनुसार अध्यक्ष १, कार्यकारिणी उपाध्यक्ष २, उपाध्यक्ष ४ गरि ७ जना निर्वाचित तथा महासचिव, कानुनी सल्लाहकार र कोषाध्यक्ष अध्यक्षबाट मनोनित हुने ब्यवस्था छ । जस अनुसार नवनिर्वाचित अध्यक्षले वर्ष २०२३ को लागि महासचिवमा सरिता श्रैष्ठ र कोषाध्यक्षमा सुदिप श्रेष्ठलाई मनोनित भएका छन् ।
खाँडादेवी जेसीज वर्ष २०२२ की अध्यक्ष जेसी सम्झना श्रेष्ठको अध्यक्षता, खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङको प्रमुख आतिथ्यताको समुद्घाटन उक्त अधिवेशनमा विशेष अतिथीमा मातृत्व शाखा काठमाडौँ जेसीजको वर्ष २०१८ की अध्यक्ष जेसीआई सिनेटर इनु थापा र संस्थापक अध्यक्ष होमराज श्रेष्ठको उपस्थिती रहेको थियो । अधिवेशन उद्घाटन समारोहमा प्रमखु अतिथी घिसिङले युवाहरुको नेतृत्व व्यक्तित्व सँगै सामाजिक काममा गर्दै खाँगादेवी जेसीजले उदहरणीय कामहरु गर्दै आएको खुसी व्यक्त गर्नुभयो ।

वर्ष २०२३ को पदाधिकारीहरुः
अध्यक्ष ः जेसी बिनोद कुमार श्रेष्ठ
कार्यकारिणी उपाध्यक्ष ः जेसी रामकुमार श्रेष्ठ
कार्यकारिणी उपाध्यक्ष ः जेसी बिपिन श्रेष्ठ
महासचिव ः जेसी सरिता श्रेष्ठ
कोषाध्यक्ष ः जेसी सुदिप श्रेष्ठ
उपाध्यक्ष ः जेसी तेजकुमार श्रेष्ठ
उपाध्यक्ष ः जेसी मन्दिरा श्रेष्ठ
उपाध्यक्ष ः जेसी अन्जु बोहरा राउत
उपाध्यक्ष ः जेसी असीम श्रेष्ठ
सह सचिव ः जेसी बिन्देश्वर श्रेष्ठ
सह कोषाध्यक्ष ः जेसी प्रेम श्रेष्ठ
तालिम संयोजक ः जेसी दिपक राउत
शाखा संयोजक ः जेसी सन्दिप श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्