रामेछापका प्रदेश सांसद श्रेष्ठलाई प्रचण्डले दिए बधाई



२५ मंसिर, रामेछाप ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछाप प्रदेश क बाट नवनिर्वाचित सांसद तारानारायण श्रेष्ठलाई बधाई दिएका थिए । आज प्रचण्ड निवास खुमलटारमा भएको भेटमा श्रेष्ठलाई प्रचण्डले विजयी भएकोमा बधाई दिएका हुन् । भेटको क्रममा माओवादी रामेछापका नेता प्रेम कुमार कार्की, रविन्द्र पौडेल लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

भेटमा रामेछापका नेताहरुले प्रचण्डसँग यस पटक श्रेष्ठलाई मन्त्री बनाउनु पर्ने माग गरेका थिए । २०६४ सालको संविधानसभा सदस्यमा पनि निर्वाचित भएको र अहिले पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएकाले श्रेष्ठलाई मन्त्री बनाउनु पर्ने प्रस्ताव नेताद्धय कार्की र पौडेलले गरेका थिए । जवाफमा प्रचण्डले पार्टीमा सल्लाह गरेर मन्त्रीको विषयमा निर्णय लिइने बताएका थिए । उक्त अवसरमा सांसद श्रेष्ठले प्रचण्डसँग एक पटक जनताको सेवा गर्ने अवसर पाए काम गरेर देखाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्