नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्न प्रदेश प्रहरी प्रमुख बज्राचार्यको निर्देशन



२६ मंसिर, रामेछाप ।
बागमती प्रदेशका प्रहरी प्रमुख नायव महानिरीक्षक किरण बज्राचार्यले नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्न प्रहरीलाई निर्देशन दिएकी छिन् । शान्ति सुरक्षाको कामलाई थप मजुबद्ध बनाउन र नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न उनले निर्देशन दिएकी हुन् ।


रामेछापमा नवनिर्मित प्रहरी प्रमुख र‘सिनियर प्रहरी अधिकृतको आवास भवन उद्घाटन गर्दै उनले प्रहरीलाई सेवा तथा सुविधाहरूको पर्याप्तता भए मात्र उच्च मनोबलको साथ काम गर्ने वातावरण सृजना हुने बताइन । सेवा प्रवाहलाई छिटो–छरितो बनाउन जिल्ला प्रहरी कार्यालय रामेछापलाई निर्देशन दिदै नागरिकको सेवा गर्नु नै प्रहरीको कर्तव्य रहेको बताइन ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापले नागरिकको सेवालाई उच्च प्राथमिकता दिएर काम गरिरहेको बताए । उनले जिल्लाभित्र ३२ वटा प्रहरी कार्यालय रहेको बताउदै हालसम्म १२ वटा कार्यालयको मात्र आफ्नो भवन रहेको र बाँकी पनि निर्माण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्