बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु



२६ मंसिर, काठमाडाै‌ ।
काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बेथानचोकमा भान्जाको व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ३ जनाको घटनास्थलमा र १४ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । व्रतबन्धबाट रिजर्भ गरेर पनौती फर्किने क्रममा अनियन्त्रित भई बस पल्टिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्