अध्यक्ष ओलीलाई बधाई दिन एमाले रामेछापका पदाधिकारी बालकोटमा



२७ मंसिर, रामेछाप ।
नेकपा एमाले रामेछापका पदाधिकारीसहितको टोलीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीलाई लोकप्रिय मत प्राप्त गर्न कुशलतापुर्बक नेतृत्व प्रदान गरेको भन्दै बधाई दिएको छ । एमाले रामेछापका जिल्ला अध्यक्ष एवं समानुपातिकतर्फबाट बागमती प्रदेशसभाका सदस्य आनन्द श्रेष्ठको नेतृत्वमा गरेको पदाधिकारीसहितको टोलीले ओलीलाई बधाई दिएको हो । उक्त अवसरमा अध्यक्ष ओलीले प्रदेशसभा सदस्य श्रेष्ठलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका थिए ।

बधाई ज्ञापन दिन सांसद श्रेष्ठ, एमाले रामेछापका सचिव पुरुषोत्तम कडरिया, उपसचिव प्रकाशकुमार कार्की लगायतका नेताहरु ओली निवास बालकोट पुगेका थिए । भेटमा सहभागी उपसचिव कार्कीले अध्यक्षसँग समसामयिक राष्ट्रिय राजनीतिको विषयमा कुराकानी र निर्वाचनको विषयमा कुराकानी भएको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्