रामेछाप र काभ्रेको लुभुघाटमा बन्ने सुनकोसी तेस्रो ६८३ मेगावाट जलविद्युत आयोजना निर्माणको ढोका खुल्यो (पत्रसहित)



२७ मंसिर, रामेछाप ।
रामेछाप र काभ्रेको लुभुघाटमा बन्ने सुनकोसी तेस्रोत ६८३ मेगावाट जलाशयुक्त जलविद्युत आयोजना निर्माण गर्नको लागि ढोका खुलेको छ । सम्भाव्यता अध्ययनको काम सम्पन्न भएसँगै सरकारले वातावरणीय प्रभाव मुल्याङकन (इआईए) प्रतिवेदन स्वीकृत गरेसँगै आयोजना निर्माणको लागि बाटो खुलेको हो । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले सुनकोसी तेस्रो जलविद्युत आयोजना निर्माणको लागि महत्वपूर्ण मानिएको ईआइएको रिर्पोट स्वीकृत गरेका छन् ।

सरकारले उक्त जलविद्युत आयोजना निर्माणको लागि बंगलादेश सरकारसँग कुराकानी अघि बढाएको छ । सुनकोसी तेस्रो जलविद्युत आयोजना अघि बढाउन विद्युत विभागले गृहकार्य अघि बढाएको छ । तर लगानीको स्रोत अझै जुटन सकिरहेको छैन् ।

कोभिडको अत्यन्त असहज परिस्थितिमा पनि यस आयोजनाको अध्ययन कार्यमा संलग्न भै फिजिविलिटी र वातावरण अध्ययनलाई अन्तिम चरणमा पुर्याउने परामर्शदाता कम्पनी एसआइआरसआइ र इआरएमसी जेभीले महत्वपूर्ण काम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्