रामेछापका पत्रकारका लागि २ लाख राशीको पत्रकार अक्षयकोष स्थापना गर्ने सांसद कान्छारामको घोषणा



२९ मंसिर, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ कान्छारामले रामेछापमा पत्रकारहरुको हितका लागि दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । बिहीबार सदरमुकाम मन्थलीमा आयोजित पत्रकार महासंघ रामेछापको १९ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले दुई लाख रुपैयाँ राशिको पत्रकार ‘अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

तामाङले आफुनो आमा बुबाको नाममा २ लाख बराबरको अक्षयकोष स्थापना गर्ने र सो कोषबाट पत्रकारहरूको आपत्बि/पतमा प्रयोग गर्न सक्ने बताए । यसैबीच पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष पत्रकार टीका भट्टले एक लाख बराबरको पत्रकार सम्मान पुरस्कार कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्