नयाँ सरकार गठन गर्न राष्ट्रपतिद्धारा ७ दिनको समय आह्वान



३ पुस, काठमाडौं ।
नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ । मंसिर ४ गते प्रनिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रतिवेदन निर्वाचन आयोगले बुझाएसँगै राष्ट्रपतिले नयाँ सरकार गठन गर्नको लागि आह्वान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्