रामेछापका डिएसपी थिङको सरुवा, नयाँ डिएसपीमा पराजुली



४ पुस, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राज कुमार थिङको सरुवा भएको छ । थिङको सरुवा भएसँगै नयाँ डिएसपीमा होमबहादुर पराजुली आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले डिएसपी थिङलाई प्रहरी प्रधान कार्यालय नक्सालमा सरुवा गरेको छ । त्यसैगरी प्रहरी प्रधान कार्यालय मानव स्रोत विभागमा कार्यरत पराजुलीलाई रामेछाप पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्