लिखु तामाकोसी गाउँपालिकाले तोक्यो एम्बुलेन्सको भाडा, कहाँ पुगेको कति ? (विवरणसहित)



६ पुस, रामेछाप ।
रामेछाप लिखु तामाकोसी गाउँपालिकाले पालिका अन्र्तगत रहेको एम्बुलेन्सको भाडा निर्धारण गरेको छ । पालिकाभित्रका नागरिक विरामी पर्दा वा दुर्घटना भइ तत्काल अस्पताल लैजान सहज सुविधा उपलब्ध गराउने मुख्य उदेश्यसहित खरिद गरेको एम्बुलेन्सको भाडा निर्धारण गरेको हो । पालिकामा रहेको तीन वटा एम्बुलेन्स हाल सञ्चालनमा रहेको छ ।

लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका वडाअध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता कैलाश दर्लामीले गाउँपालिकाभित्र सञ्चालन हुने र काठमाडौंसम्म जाने एम्बुलेन्सको सञ्चालन र व्यवस्थापनको लागि न्युनतम भाडा निर्धारण गरिएको रामेछाप न्युजलाई बताए । उनले पालिकाको केन्द्र धोवीबाट सात वटै वडाभित्रको छुट्टै भाडा निर्धारण गरिएको छ, उनले भने । पालिकाले सबै भन्दा बढी भाडा ८ हजार निर्धारण गरेको छ ।

गाउँपालिकाको मंसिर २३ गते बसेको गाउॅ कार्यपालिको बैठकद्दारा लिखुतामाकोशी गाउॅपालिका भित्र सन्चालित एम्बुलेन्सहरुको भाडादर निर्धारण  गर्दै ७० बर्ष उमेर पुगेका बृद्दबृद्दाहरूको हकमा र सुत्केरीहरूको हकमा भने पालिकाले निशुल्क एम्बुलेन्स सेवा प्रबाह गरिने  भएकाे छ । यसैगरी एम्बुलेन्स सेवा प्रबाह गर्ने सवालमा गाउॅपालिका अन्तरगतको ३ वटा एम्बुलेन्स मध्ये एउटा एम्बुलेन्स सैपु अर्को एम्बुलेन्स धोबी र अर्को एम्बुलेन्स तिल्पुङ मा रहेर सेवा प्रबाह गर्ने  भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्