प्रचण्डले शपथ लिदै, मन्त्री छान्न सत्ता गठबन्धनको बैठक सुरु



११ पुस, काठमाडौं ।
सत्ता गठबन्धनको बैठक सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरु भएको हो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष, राजेन्द्र लिङदेन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सभागीता रहेको छ ।

सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । आजै गठबन्धनले सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने गरी छलफल सुरु भएको छ । प्रचण्डसहित आज केही मन्त्रीले सपथ लिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्