रामेछापका नयाँ डिएसपी पराजुलीले बुधवार जिम्मेवारी सम्हाल्ने



११ पुस, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापमा नयाँ डिएसपी होम बहादुर पराजुलीले बुधवार जिम्मेवारी सम्हाल्ने भएका छन् । रामेछापका डिएसपी राजकुमार थिङको प्रहरीको प्रहरी प्रधान कार्यालयमा सुरुवा भएसँगै नयाँ डिएसपीको रुपमा पराजुली आउन लागेका हुन् । थिङ जिल्ला प्रहरी कार्यालयबाट विदाई भइसकेका छन् । रामेछाप जिल्लामा आउन लागेका डिएसपी पराजुलीले आफू यही बुधवार जिल्ला प्रहरी कार्यालयमा हाजिर हुने रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्