अब रामेछापबाट बाहिरिने सरकारी गाडीलाई पास अनिवार्य



१४ पुस, रामेछाप ।
रामेछाप जिल्लाभित्र सरकारी यातायातको दुरुपयोग हुने क्रम बढेसँगै जिल्ला प्रशासन कार्यालयले जिल्लाबाट कामका लागि बाहिरिने सरकारी सवारी साधनको पास अनिवार्य गर्ने निर्णय गरेको छ । सरकारी गाडीको दुरुपयोग रोक्नका लागि अब जिल्लाबाट बाहिर जाने जनप्रतिनिधि र सरकारी कर्मचारीहरुले कारण खुलाएर जिल्ला प्रशासन कार्यालयबाट पास लिनु पर्नेछ ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले सरकारी साधनको अनावश्यक रुपमा दुरुपयोग बढेको जनगुनासो आएसँगै जिल्लाबाट बाहिर जाने सरकारी साधनलाई अनिवार्य रुपमा पासको व्यवस्था गरिएको रामेछाप न्युजलाई बताए । उनले आवश्यक कामका लागि जानको लागि जिल्ला प्रशासन कार्यालयबाट कुनै पनि अवरोध हुँदैन, तर कारण र पत्र खुलाएरको प्रमाणको आधार मात्र पास दिने व्यवस्था गरेका छौं ।सार्वजनिक विदाको दिन सरकारी सवारी साधन अत्यावश्यक कामको लागि बाहेक प्रयोग नगर्न पनि जिल्ला पशासन कार्यालय रामेछापले आग्रह गरेको छ ।

रामेछापमा हाल साना ठूला गरी दुइ सय भन्दा बढी सरकारी सवारी साधनहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्