रामेछाप जिल्लाभित्र अपराधिक गतिविधि हुन नदिन प्रहरीले सशक्त रुपमा काम गर्छः डिएसपी पराजुली



१७ पुस, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होमबहादुर पराजुलीले रामेछाप जिल्लाभित्र अपराधिक गतिविधि हुन दिन प्रहरीले सशक्त रुपमा काम गर्ने बताएका छन् । नागरिकको हितलाई केन्द्रमा राखेर आफूले काम गर्ने बताउदै उनले कसैको दबाब र प्रभावमा नपरि प्रहरीले काम गर्ने बताएका हुन् ।
केही दिन अघि मात्र रामेछापमा डिएसपीको जिम्मेवारी सम्होलका पराजुलीले रामेछाप न्युजसँग कुराकानी गर्दै भने,‘म रामेछापवासी नागरिकको सेवा गर्न आएको हुँ, नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्छु, अपराधिक गतिवधि हुन नदिन प्रहरीले शसक्त रुपमा काम गर्छ ।’
जिल्लामा अवैध रुपमा नदीजन्य पदार्थको अबैध रुपमा उत्खनन र निकासीको गुनासो आएको बताउदै स्थानीय तहसँग समन्वय गरेर गैर कानुनी रुपमा हुने गतिविधि बन्द गराइने कार्यमा आफू लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्