रामेछापका प्रजिअसहित सुरक्षा प्रमुखलाई गृहमन्त्री लामेछानेको निर्देशनः नागरिकाे गुनासो तत्काल सम्बोधन गर्नुहोस्



१८ पुस, रामेछाप ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् । आज गृह मन्त्रालयबाट अर्चुअल माध्यमबाट निर्देशन दिदै नागरिककको समस्यालाई गम्भीरतापूर्वक सुनेर तत्काल नै सम्बोधन गर्न निर्देशन दिएका हुन् ।
यसैबीच रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई पनि गृह मन्त्री लामिछानेले पहुँचवालाले मात्र छिटो सेवा पाउछन भन्ने मान्यतलाई छोडेर भुइँ मान्छेलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए ।
रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले रामेछाप न्युजसँग भने,‘गृहमन्त्रीज्यूले नागरिकलाई ख्ुसी हुने गरी काम गर्न र नागरिकको समस्यालाई गम्भीरतापूर्व सुनेर समाधान गर्न निर्देशन दिनुभयो ।’
उक्त अर्चुअल मिटिङमा नयाँ गोरख गणका गणपति दिपक टन्टन क्षेत्री, जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होमबहादुर पराजुली लगायतका जिल्ला स्थित सुरक्षा प्रमुखहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्