रामेछापका रायमाझीलाई अस्पतालबाट डिस्चार्ज हुन पैसा अभाव भएपछि सहयोग गर्न अपिल



१८ पुस, रामेछाप ।
सवारी दुर्घटनामा परी घाइते भइ उपचारार्थ रहेका खाँडादेवी गाउँपालिका–३ भिरपानीका रामहरि रायमाझीलाई डिस्चार्ज हुन पैसाको अभाव भएपछि भिरपानीवासीले सहयोगी मनहरुसँग सहयोगको अपिल गरेका छन् । २०७९ असोज १७ गते घटस्थापनाको दिन दशै मनाउनको लागि गाउँ जाने क्रममा बिपी राजमार्गको काभ्रेस्थित दाउन्नेमा गाडीले ठक्कर दिदा कम्मर भन्दा मुनिको भाग फ्याक्चर भइ हाल बिएण्डबी अस्पतालमा उपचारार्थ रहेका छन् ।

रायमाझीले खुट्टासहित विभिन्न भागमा स्टिल रड राख्दा करिब हालसम्म अस्पतालमा २५ लाख बिल उठेको छ । तर ठक्कर दिने गाडी धनिले जम्मा १४ लाख मात्र दिदा अस्पतालमा ११ लाख जति ऋण देखिएको छ । नेकपा एमाले भिरपानी वडा कमिटीका अध्यक्ष भिम श्रेष्ठले उपचार भएपनि अस्पतालबाट घर जानका लागि समस्या परेकाले इच्छुक व्यक्तिसँग सहयोगको आग्रह गरिएको बताए ।
यसरी गर्न सकिन्छ सहयोगः
नामः राम हरि रायमाझी
खाता नम्बरः ११००१०००२५३८५०१०
रास्ट्रीय बाणिज्य बैंक ,ठमेल शाखा
सम्पर्क व्यक्तिः उद्धब रायमाझी ९८०१०८९३५१
भुपेन्द्र रायमाझी ९८४९७१७०४३

प्रतिक्रिया दिनुहोस्