रामेछापमा बागमती प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने



१९ पुस, काठमाडौं ।
नेपाल खेलकुद महासंघ बागती प्रदेश कमिटीले रामेछाप जिल्लामा प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही माघ ४ गतेदेखि ७ गतेसम्म रामेछापको सदरमुकाम मन्थलीमा पुरुष भलिवल प्रतियोगिता आयोजना गर्न लागिएको हो । नेपाल खेलकुद महासंघका वाग्मती प्रदेश अध्यक्ष सिताराम कार्कीले प्रतियोगितामा वागमती प्रदेशका १३ वटै जिल्लाका टिमले भाग लिने जानकारी दिए । उनका अनुसार खेलको औपचारिक उद्घाटन माघ ४ गते हुने र समापन माघ ७ गते गर्ने कार्यतालिका रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख द्वितीय, तृतीय र चौथो हुने टिमले एक लाख, ५० हजार र ३० हजार नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउनुहुने छ । खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिको लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्