प्रविधि र औषधीले रामेछापमा ब्यूँताएकाे जुनार खेती, उत्पादन बढेपछि किसान उत्साहित (फोटोफिचर)



१९ पुस, रामेछाप ।
जुनार उत्पादन हुने जिल्लाको रुपमा परिचित बन्दै आएको रामेछापमा विगतको बर्षहरुमा जुनारको फलमा लाग्ने किराको कारण किसानहरुले लगानी अनुसारको आम्दानी प्राप्त गर्न सकेनन । जुनार उत्पादनको लागि राम्रो हावा पानी भएपनि फल लाग्ने वित्तिकै लाग्न किराको कारण किसानहरु हैरान हुँदै आएका थिए । कतिपय किसानले जुनार खेतीको विकल्पको समेत खोजी गरे । तर रामेछाप जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत काम सुरु भएपछि भने किसानहरुले खप्तै आएको सास्ती ९० प्रतिशत समाधान भएको छ । जसको कारण रामेछापमा जुनार उत्पादनमा समेत उल्लेखिय रुपमा बृद्धि भएको छ । परियोजनाको कारण उत्पादन बढेसँगै किसानहरु खुसी र उत्साहित बनेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ रामेछाप मार्फत रामेछाप नगरपालिकाको ओख्रेनी, गाईटार, सुकाजोर, रामपुर, हिमगंगा लगायतका भेगका किसानले खेप्ती आएका समस्या समाधान हुँदै आएको छ । विगतमा किराको कारण समय नहुँदै झेरेर रित्तो हुने जुनारका बोटमा अहिले लटरम्म जुनार पहेलपुर देखिएको छ । जुनार उत्पादन बढेसँगै जुनार बगैचामा जुनार खरिद गर्नको साथै घुम्न आउने आन्तरिक पर्यटकहरुको संख्यामा समेत बृद्धि भएको परियोजनाले जनाएको छ । यी क्षेत्रमा परियोजनाले जुनार पकेट क्षेत्रको रुपमा काम गर्दै आएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ रामेछापका प्रमुख प्रविधि र किराको विरुद्ध औषधी प्रयोगको कारण रामेछापमा जुनार उत्पादन बढेको रामेछाप न्युजलाई जानकारी दिए । जुनार जोनको सहयोगमा ९० प्रतिशतभन्दा बढी रोग नियन्त्रण भएको बताउदै उनले जुनार उत्पादन बढाउन नर्सरी उत्पादनदेखि उत्पादित जुनारको बजारीकरणसम्मको योजनासहित काम गरिरहेको बताए । उनले भने,‘जुनार खेती गर्ने किसानहरु विगतमा चिन्तित हुनुहुन्थ्यो, अहिले उत्पादन बढेको कारण खुसी हुनुहुन्छ, हामी झै खुसी थप्ने गरी काम गरिरहेका छौं ।’ गैरेका अनुसार यस वर्ष रामेछापमा करिब १५ हजार मेट्रिक टन जुनार उत्पादन हुने पपेक्षा गरिएको छ । रामेछापमा उत्पादित जुनार रसिलो र स्वादिलो भएको कारण बजारमा माग समेत बढदै गएको छ । रामेछाप जुनार खेतीको रुपमा परिचित छ ।

तस्बीर: दावा शाङबु शेर्पा

प्रतिक्रिया दिनुहोस्