रामेछापबाट आनन्द श्रेष्ठलाई मन्त्री बनाउन नेताहरुको दौडधुप



२६ पुस, काठमाडौं ।
नेकपा एमाले रामेछापका अध्यक्ष समेत रहेका बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठलाई बागमती प्रदेशको मन्त्री बनाउन जिल्ला नेताहरुले दौडधुप थालेका छन् । केही दिन अघि सम्पन्न जिल्ला कमिटीको बैठकले सांसद श्रेष्ठलाई मन्त्री बनाउन केन्द्रीय सदस्यहरुले नेतृत्वसँग लविङ गर्ने निर्णय गरेको थियो । सोही अनुसार नेकपा एमाले रामेछापका इन्चार्ज कैलाश ढुंगेलसहितका नेताहरु श्रेष्ठलाई मन्त्री बनाउनु पर्ने पक्षमा नेतृत्वसँग लविङ सुरु गरेको एक नेताले बताए ।

ती नेताले रामेछाप न्युजसँग भने,‘यस पटक रामेछापबाट श्रेष्ठलाई मन्त्री बनाउनु पर्छ भनेर नेतृत्वसँग आग्रह गरेका छौ, जवाफ सकारात्मक रुपमा आएको छ, विश्वास छ, श्रेष्ठलाई मन्त्रीको रुपमा देख्न पाउछौ ।’
समानुपातिक तर्फबाट बागमती प्रदेशसभा सदस्य बनेका श्रेष्ठले पार्टी विभाजित भएको अवस्थामा पार्टीलाई पुर्नगठन गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । सोही अनुसार यस पटक पार्टीले श्रेष्ठको नाम समानुपातिको बन्द सूचिमा प्राथमिकता दिएर राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्