सरकारी सेवाबाट बञ्चित दोलखाको विकट लप्ची गाउँ



२७ पुस, काठमाडौं ।
नेपालको संविधानले गाँस, बाँस र कपासलाई नागरिकको मौलिक हक अन्र्तगत राखेको छ । संविधानले ग्यारेन्टी गरेको अधिकार उपभोग गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार पनि हो । तर दोलखाएका एक विकट गाउँ भने राज्यबाट पाउनु पर्ने आधारभूत सेवा सुविधाबाट समेत बञ्चित हुँदै आएको छ । विकट भौगलिक अवस्थितमा रहेको कारण सरकारी सेवा सुविधा र विकासको पहुँचबाट पछि परेको गाउँ हो विगु गाउँपालिका–१ लामबगर क्षेत्र स्थित लप्ची गाउँ ।

नेपाल भौगोलिक जैविक विविधताले जति सुन्दर छ, त्यति सरकारी सेवा एवं पहुंचले पछि परेको बस्तीहरु अहिले सम्म यथावत छ । यस्तै सरकारी सेवा सुविधा एवं विकासको पहुंचले ओझेल परेका बस्ती हुन दोलखाको लप्ची गाउँ । माथिल्लो तामाकोशी हाइड्रोपावर आधार क्षेत्रबाट मुस्किलले पैदल यात्रा गर्दा दुई दिनमा पुगिन्छ लप्ची । लप्ची गाउँमा आवश्यक खाद्यन्न सामाग्री विगत परापूर्वकालदेखि तिब्बतको कुटी बजारवाट आयत गरी यस गाउँका नागरिकले जीवन धान्दै आएका छन् । स्थानीय समाजसेवी छिरिङ्ग डोमा शेर्पा यस स्थानलाई जिल्लाले अर्कै जिल्ला देशले अर्कै देश जस्तो भेदभाव गरेको महशुस हुँदै आएको रामेछाप न्युजलाई बताइन ।

यस गाउँमा करिब ४५ घरपरिवारको बसोबास रहदै आएको छ । यस क्षेत्रमा सवै शेर्पाहरूको बसोवास छ । शेर्पाले प्रशस्त सम्भावना र स्रोतले भरिपुर्ण पर्यटकीय क्षेत्र राज्यको योजना र नजर नपुग्दा ओझेलमा परेको बताउछिन । ठाउँ अनकन्टार एवं विकट भएतापनि यहाँ सुन्दर आर्कषक पर्यटकीय गन्तव्यको पुर्वाधार विकास हुन नसक्दा राज्यले नै आम्दानी लिन सकिरहेको छैन् ।

आन्तरिक एवं वाहय पर्यटकको चहल पहल भएतापनि यात्रा जोखिमपुर्ण छ । यस क्षेत्रको उत्पादन आलु, उवा, याक चौंरीको घ्यू छयुर्पी तथा पशुजन्य श्रोत रहेको र १ घण्टाको यात्रा पश्चात तिब्बतको कुटी बजार विक्री वितरण केन्द्र हुन । यहाँका बासिन्दाले उत्पादित वस्तुभाउ तिब्बतमै विक्री वितरण गर्दै आएका छन् । तिब्बतको नाका वन्द हुँदा काठमाडौवाट हेलिकप्टरमा रासन लप्ची बस्तीमा लगेर यस गाउँका बासिन्दाले जीविका धान्दै आएका छन् ।यो बस्ती ४८५० मि. उचाइमा रहेको हुनाले हिउँदमा अत्यन्त चिसो भै अत्याधिक हिउँ पर्छ भने जाडोको समयमा यो बस्तीका मानिसहरु जाडो छल्न तल लुम्नाङ भन्ने गाउँ झर्ने गरेका छन् ।

यस गाउँमा पहिला एउटा प्राथमिक विधालय संचालन भएको र हाल यो विधालय पनि हटाइएको हुँदा यस क्षेत्रको समुदायको शिक्षा काठमडौ लगायत अन्य सेवा क्षेत्रमा लिन बाध्य छ्न । राज्यले यस क्षेत्र चीन–तिब्बतको सम्भावित नाकाको रूपमा विस्तार गर्ने लक्ष्यभित्र राखेपनि यस क्षेत्रको श्रोतहरू परिचालन हुन नसक्नु, पर्यटन क्षेत्रको सुचिमा रहेपनि व्यवस्थित योजनामुखी तवरले आवश्यक पुर्वाधार विकास नहुनु दुर्भाग्यको कुरा भएको शेर्पा बताउछिन । यस क्षेत्रको अन्य गाउँहरु पनि प्रर्वधन हुन सकेका छैनन । हिमाली कुनामा कुटुम्बा नपाइने दोलखाको बेदिङ्ग गाउँ भनेर चर्चामा आएका बस्ती पनि दोलखाको यही उतरी क्षेत्रमा पर्दछन ।

प्रतिक्रिया दिनुहोस्