रामेछापमा दिन डाहडै सुन लुटपाट गर्ने तामाङलाई प्रहरीले जंगलबाट नियन्त्रणमा लियो



२७ पुस, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–७ बतासेमा एक महिलाले कानमा लगाएको सुनको रिङ दिन डहाडै लुटपाट गरेर फरार रहेका व्यक्तिलाई प्रहरीले जंगलबाट नियन्त्रणमा लिएको छ ।

हिजो दिउसा ११ बजे खाँडादेवी गाउँपालिका–बतासेकी ३५ बर्षिय सिता मगर आफ्नै घरको ढोका बन्द गर्ने क्रममा एक्कासी अपरिचित ब्यक्ति पछाडीबाट आई दुईवटा कानमा लगाएको सुनको रिङ लुटपाट गरेर फरार रहेका सुनापति गाउँपालिका–३ हिलेदेवी २४ बर्षिय सोम बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लुटपाट भएको सूचनाका आधारमा खोजतलास गर्ने क्रमामा गाल्वाबाट खटिएको प्रहरीले सुनापति गाउँपालिका२ फलामेपोखरी सामुदायिक बनबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले कानमा लगाउने रिङ थान २ सहित नियन्त्रणमा लिई थप अनुसन्धानको काम भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्