दोरम्बा हत्याकाण्डका शहीदलाई सम्झिदै बादल र कमल चौलागाई डाँडाकटेरीमा



१ माघ, रामेछाप ।
दोरम्बा हत्याकाण्डमा ज्यान गुमाएका २१ जनाको स्मृतिमा दोरम्बा गाउँपालिकाको डाँडाकटेरीमा पुगेर नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा वादल र पूर्व मन्त्री कमल चौलागाईसहितको टोलीले श्रद्धान्जली व्यक्त गरेको छ । २०६० साल साउन ३२ गते तत्कालिन समयमा युद्ध विराम भएको अवस्थामा शाही नेपाली सेनाले बैठक बसिरहेको घरलाई कब्जामा लिएर २१ जना माअाेवादीका नेता कार्यकर्ताहरुलाई डाँडाकटेरीमा लगेर सामुहिक रुपमा हत्या गरेको थियो ।

शहीदहरुको स्मृतिमा डाँडाकटेरीमा अर्धकदको शालिक निर्माण गरिएको छ । तत्कालिन माओवादीका नेता एवं हाल एमालेका उपाध्यक्ष वादल भने पहिलो पटक डाँडाकटेरी आएका हुन् । त्यसैगरी एमालेका पोलिटब्यूरो सदस्य कमल चौलागाईले पनि डाँडाकटेरीमा आएका हुन् । दोरम्बा हत्याकाण्ड हुँदा चौलागाई तत्कालिन शाही सरकारका मन्त्री रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्