आयोजकले गाउँपालिकालाई बाइपास गर्नु गम्भीर विषय होः उपाध्यक्ष थापामगर (भिडिओ)



२ माघ, रामेछाप ।
दोरम्बा शैलुङ्ग गाउँपालिकाका उपाध्यक्ष खमला थापामगरले माघी मेला कार्यक्रममा गाउँपालिकालाई आयोजनाले अपेक्षा गरेको भन्दै प्रश्न उठाएकी छिन् । गाउँपालिकामा मगर संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गाउँपालिकामा कुनै प्रस्ताव नै नल्याई आयोजकले गाउँपालिकाले असहयोग गरेको आरोप लगाउनु गलत रहेको बताएकी हुन् । सोमवार  कार्यक्रमलाई सम्बोधन गर्दै उनले मगर संघले नै गाउँपालिकालाई उपेक्षा गरेर अघि बढेको आरोप लगाइन । उपाध्यक्ष थापामगरले भनिन,‘गाउँपालिका मगर समुदायको मात्र होइन, सिगो समुदायको हो, गाउँपालिकामा कार्यक्रम गर्ने विषयमा कुन खालका प्रपोजन ल्याउनु भयो ? समन्वय कहाँसम्म गर्नुभयो तपाईहरुले ? कहाँ पेश गर्नुभयो, अनि गाउँपालिकाले असहयोग गर्यो भन्ने ?

उनले पहिला कार्यक्रमको प्रस्ताव लिएर पालिकामा आउन संघलाई आग्रह गरिने । उनले भनिन,‘हामी पहिलो बर्षमा छौ , के के कार्यक्रम गर्नुपर्ने हो ? सबै समुदायलाई योजना लिएर पालिकामा आउन आग्रह गर्दछु, यस कार्यक्रममा दोरम्बा शैलुङ्ग गाउँपालिका केही सहयोग गर्न तयार थियौ, तर हामीलाई बाइपास गरेर गएको विषयलाई गम्भीरतापूर्वक सोचेका छौं, चेतना होस ।’

https://www.facebook.com/100009170194781/videos/1567750210408277

प्रतिक्रिया दिनुहोस्