भारतीय ट्रकको ठक्करबाट रामेछापकाे सुनुवारकाे निधन



६ माघ, रामेछाप ।
भारतीय ट्रकको ठक्करबाट रामेछापका एक युवाको निधन भएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका– ७ भुजीका स्मायल सुनुवारलाई ट्रकले ठक्कर दिँदा घटना स्थलमै निधन भएको हो । बा ८६ प ९७६५ नम्बरको मोटरसाइकलमा सवार सुनुवारलाई यूपी ७८ एफसी १८४८ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो ।
काठमाडौँ गोकर्णेश्वार नगरपालिका–५ शिवचोक बारी कोरिडोर क्षेत्रमा ट्रकले ठक्कर दिदा निधन भएको प्रहरी कार्यालय बौद्धले जानकारी दिएको छ । प्रहरीका अनुसार ठक्कर दिने ट्रक चालक भारत सुल्लानापुर जिल्ला हनुमान नगर घर भई हाल काठमाडौँको थली मदुवार बस्दै आएका ३० वर्षीय मनोज कुमारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्