रामेछापमा अवैध चुरोट बेच्न हिडेका दुई भाई प्रहरीको नियन्त्रणमा



७ माघ, रामेछाप ।
रामेछाप जिजल्लामा अवैध रुपमा चुरोट विक्री वितरण गर्न हिडेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मन्थली नगरपालिका वडा नम्बर कुनौरीमा प्रहरीले चेकजाँच गर्ने क्रममा अवैध रुपमा राजश्व छली गरेर ल्याउने दुई जनालाई प्रहरीले चुरोटसहित नियन्त्रणमा लिएको छ । सिन्धुली खुर्कोटबाट मन्थली तर्फ आउदै गरेको बा प्र.०३००५ प ३७६६ र मधेश प. ०२ ०१३ प २५३१ नम्बरको मोटर साइकल चेक जाँच गर्ने क्रममा मकावानपुर हेटौडा उपमहानगपालिका १५ बस्ने वर्ष ३२ को राजकुमार लोप्चन र सोही ठाउँ बस्ने वर्ष २६ को कृष्ण कुमार बर्णवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट अवैध रुपमा राजश्व छली ताथा चोरि पैठारी गरी ल्याइरहेको अवस्थामा १४४ पेटी र खुल्ला ३४ पाकेट चुरोट नियन्त्रणमा लिइएको छ । बरामद भएको सामान,मोटरसाइकल र चालक सहित राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्