रामेछापमा बलेरो गाडी दुर्घटना, घटनास्थलमै गयो चालकको ज्यान



७ माघ, रामेछाप ।
रामेछापमा आज बलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीबाट काठमाडौंतर्फ जाने क्रममा बा११ज ५९३५ नं को बलेरो दुर्घटना हुँदा चालक ओखलढुंगा सिद्धिचरण नगरपालिकाका ३५ बर्षिय नारायण बहादुर मगरको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले बलेरो गाडी दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।
तस्बीरः सामाजिक सञ्जालबाट

प्रतिक्रिया दिनुहोस्