बागमती प्रदेशमा १० जना मन्त्री बन्दा रामेछापले पाएन मन्त्री



११ माघ, काठमाडौं ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल आज मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् । उनले ११ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिदै आज नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शुपथ लिएका छन् । बागमती प्रदेशका विभिन्न जिल्लाबाट मन्त्री बन्दा रामेछापबाट भने यस पटक मन्त्री बन्न सकेनन् । रामेछापबाट बागमती प्रदेशसभामा चार जना सांसद रहेका छन् । तर चारै जना यस पटक मन्त्री बन्ने सूचीमा अटाएनन । प्र्रदेशसभातर्फ यस पटकको निर्वाचनमा माओवादीबाट रामेछाप प्रदेश क बाट तारानारायण श्रेष्ठ, प्रदेश ख बाट युवराज चौलागाई प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । त्यसैगरी एमालेबाट समानुपातिकतर्फ रामेछापबाट आनन्द श्रेष्ठ र माया कार्की सांसद रहेका छन्
यस्तो बन्यो बागमती प्रदेशको मन्त्रिपरिषद्
शालिकराम जम्कट्टेल, मुख्यमन्त्री
जगन्नाथ थपलिया,आर्थिक मामिला तथा योजना मन्त्री
गङ्गा नारायण श्रेष्ठ,आन्तरिक मामिला तथा कानुन मन्त्री
राजु बिष्ट, वन तथा वातावरण मन्त्री
डम्बर तामाङ, पर्यटन, उद्योग तथा सहकारी मन्त्री
उद्दब थापा, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री
युवाराज दुलाल,भौतिक पूर्वाधार विकास मन्त्री
केशव पोख्रेल, कृषि तथा पशुपन्छी विकास मन्त्री
एकालाल श्रेष्ठ, श्रम रोजगार तथा यातायात मन्त्री
रामेश्वर श्रेष्ठ, स्वास्थ्य मन्त्री
कुमारी मोक्तान, सामाजिक बिकास मन्त्री

प्रतिक्रिया दिनुहोस्