समाजमा सकारात्मक सोच बढाउन आवश्यक छः प्रजिअ रेग्मी



१२ माघ, रामेछाप ।

रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले समाजमा सकारात्मक सोचको विकास गर्न आवश्यक रहेको बताएका छन् । उनले सकारात्मक सोचले मात्र समाजलाई सकारात्मक बाटोमा डोहो¥याउने बताउदै उनले सृजनशिल समाजले मात्र राम्रो काम गर्न सक्ने बताएका हुन् ।
जिल्ला कारागार कार्यालय रामेछापमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले बन्दीहरुलाई सकारात्क सोच राख्न आग्रह गरे । उनले भने,‘मानिसले जाने र वा अनजानमा गल्ती गर्छ, गल्तीबाट पाठ सिकेर सकारात्मक बाटोमा हिडे मात्र जीवन सफल हुन्छ ।’ उनले शास्त्रको भनाई उदृत गर्दै सुखमा बचन दिने, रिसमा उत्तर र दुःखमा निर्णय लिदा जीवनमा कठिन समय आउने बताए ।
मन्त्रालयले रामेछाप कारागारमा कैद भुक्तान गरिरहेका १९ जना महिलाहरुलाई सकारात्मक सोचको विकास कसरी गर्ने भन्ने विषयमा प्रशिक्षित गरेको थियो । कारागारमा रहेका करिब ३ सय ३० कैदी बन्दी मध्ये १९ जना महिला रहेका छन् ।
कार्यक्रममा मन्त्रालयका उपसचिव ममता विष्ट, जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलदी र जेलर रुपलाल तामाङ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्