रामेछापका विद्यालयमा विद्यार्थीमाझ जनचेतना जगाउदै प्रहरी



१५ माघ, रामेछाप ।
समाजमा हुने अपराधिक गतिविधि न्यूनिकरण गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछापले विद्यार्थीमाझ जनचेतनाको कार्यक्रम सुरु गरेको छ । समाजमा हुने अपराध र न्यूनिकरणको विषयमा प्रहरीले जनचेतनाको कार्यक्रम सुरु गरेको । कार्यक्रम अन्तर्गत मन्थली नगरपालिका–७ स्थित श्री रुद्राक्षेश्वर मा।वि। भटौलिमा अध्ययनरत कक्षा ८,९,१०,११ र १२ कक्षाका छात्र छात्राहरुलाई जिल्ला प्रहरी कार्यालयको आयोजनामा १ दिने सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालयका डिएसपी होम बहादुर पराजुलीले सहभागी सम्पुर्ण विद्यार्थी तथा शिक्षकहरुलाइ नेपाल प्रहरीको बारेमा संक्षिप्त जानकारी दिदै अपराध के हो र अपराधको सूचना, बालबालिकाको परिचय र कानूनी अधिकार, बालबालिका माथि हुने सम्भाव्य हिंसा र हिंसाबाट बच्ने उपायहरुकाको बारेमा जानकारी दिएका थिए । सडक सुरक्षा , ट्राफिक संकेतहरु र सडक दुर्घटना न्युनिकरणका सम्बन्धमा समेत पराजुलीले विद्यार्थीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्लामा बढ्दै गइरहेको आत्महत्या जस्तो जघन्य सामाजिक अपराधका सम्बन्धमा जिल्लाको समग्र आत्महत्या सम्बन्धि तथ्याङक प्रस्तुत गर्दै आत्महत्याका सम्भावित कारणहरु, आत्महत्याका बारेमा सोच्नेको लक्षण, आत्महत्या रोकथामका उपायहरु र समग्र शिक्षक ,अविभावक र विद्यार्थीको भुमिकाको सम्बन्धमा जिल्ला प्रहरीले जानकारी दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्