मन्थलीको व्यस्त बजार क्षेत्रमा ट्रक दुर्घटनाः गम्भीर घाइतेलाई काठमाडौं पठाइयो



१७ माघ, काठमाडौं ।
रामेछापको सदरमुकाम मन्थलीको व्यस्त सडकमा ट्रक दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । मन्थलीस्थित कटहरको बोटमुनि तीनतले होटल अगाडी स्कुुटरमा दिदी भाईलाई ट्रकले ठक्कर दिदा स्कुटरमा सवार ११ बर्षिय जनक क्षेत्र गम्भीर घाइते भएका हुन् । आज बिहान बागमती प्रदेश ०२–०२३ प ३६५७ नम्बरको स्कुटर र बा ५ ख ४६४१ ट्रक एकै दिसाबाट आउँदै गरेको र ट्रकलाई ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

स्कुटरमा सवार मन्थली नगरपालिका २ टेकानपुर घर भएका चालक तारा श्रेष्ठ र पछाडि सवार उनका ११ वर्षीय भाइ जनक श्रेष्ठ घाइते भएका हुन् । दुर्घटनामा परी जनक श्रेष्ठको दाहिने हात भाँचिएको छ । उनको उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले बताएको छ । स्कुटर चालक तारा श्रेष्ठको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्