काठमाडौंमा रामेछापका भण्डारीले गरे आफ्नै छोरीको हत्यापछि आत्महत्या



२१ माघ, काठमाडौं । राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा डेरा गरी बस्दै आएका रामेछाप खाँडादेवी गाउँपालिका ४२ वर्षीय किशोर भण्डारीले आफ्नै छोरीको हत्यापछि आत्महत्या गरेका छन् । उनले सात शारीरिक रुपमा सात वर्षीया अशक्त छोरीलाई हत्यापछि आत्महत्या गरेका हुने । प्रहरीका अनुसार भण्डारीले शनिबार शारिरीक रुपमा अशक्त सात वर्षीया छोरीको छुरा प्रहारबाट हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ ।

प्रहरीका अनुसार भण्डारीको श्रीमती र छ महिने छोरा पनि रहेका छन् । श्रीमती र छोरालाई भण्डारीले शनिबार बिहानै आफन्तको घरमा पठाएका थिए । प्रहरीका अनुसार कोठाभित्रै उनले पहिला छोरीको हत्या गरेर पछि आफूले पासो लगाएर आत्महत्या गरेको देखिएको बताएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानबाट भण्डारीले छोरीको हत्यापछि आत्महत्या गरेको देखिएको बताए ।
कार्कीका अनुसार घटनास्थलबाट भण्डारीको १ पन्ने सुसाइड नोट पनि फेलाको र उक्त नोटमा छोरीको विषयमा चिन्ता प्रकट गर्नुका साथै उनलाई केही गर्न नसकेको, ऋणलगायतको घरासयी व्यवहार जस्ता विषय उल्लेख गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्