गाडीको ठक्करबाट रामेछापका कार्कीको मृत्यु



२१ माघ, काठमाडौं । ललितपुर महानगरपालिका–४ सानेपा पट्टीपा चोकमा हाल अल्फावेट नखुलेको गाडीको ठक्करबाट पैदलयात्री रामेछाप मन्थली नगरपालिका–५ सुनारपानी घर भई हाल ललितपुर सानेपा बस्ने ४७ वर्षीय रामकुमार पुरीको शुक्रबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय काठमाडौंले ठक्कर दिने गाडीको प्रहरीले खोजी भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्