गृह मन्त्री नपाएको झोंकमा राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले दिए राजीनामा



२२ माघ, काठमाडौं ।
पूर्व सहमति अनुसार गृह मन्त्रालय नपाएकोप्रति असन्तुष्टि जनाउदै राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज राजीनामा बुझाएका छन् । नागरिकताको विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद गएसँगै गृहमन्त्रीबाट हटेको थिए । पुनः नागरिकता प्राप्त गरेका लामिछानेले पुनः गृहमन्त्री बन्न प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका थिए । तर प्रचण्डले नागरिकता विवादमा तानिएका लामिछानेलाई गृह मन्त्री नबनाउने अडान लिएसँगै अन्ततः रास्पाले सरकारबाटै बाहिरिने निर्णय गरेको छ ।

आज पार्टीको निर्णय अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा दिएका हुन् । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्