रामेछापका सुरक्षा निकायका प्रमुखहरु गाउँगाउँमा लागू औषध नियन्त्रण गर्न जनचेतना जगाउदै



२३ माघ, रामेछाप ।
गाउँगाउँमा हुने सक्ने सम्भावित लागू औषध दुव्र्यसनी हुन नदिनको लागि जिल्ला प्रशासन कार्यालय रामेछापको नेतृत्वमा अभियान सुरु भएको छ । समाजमा लागू पदार्थ दुव्र्यसनीको कारण अपराधिक क्रियाकलाप हुन सक्ने बताउदै प्रशासनले जनेचनाको अभियान सुरु गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी र जिल्लास्थित सुरक्षा प्रमुखहरुले रामेछापको उमाकुण्ड गाउँपालिकामा जनप्रतिनिधि र स्थानीय नागरिकसँग संवाद गरेका छन् ।
रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले समाजमा लागू औषध दुव्र्यसनीको कारण कुनै पनि समयमा अपराधिक गतिविधि हुन सक्ने अवस्थालाई मध्यनगर गदै लागू औषध नियन्त्रणको विषयमा नागरिकलाई जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले भने,‘सभ्य समाज निर्माणका लागि सबैको भूमिका हुन्छ, लागू औषध नियन्त्रणको कार्यमा सबै पक्षबीच सहकार्यको खाँचो छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले लागू औषधको परिचय, प्रकार, यसका असरहरू, कानूनी व्यवस्था, नियन्त्रणका उपायहरू लगायत विषयमा प्रस्तुतीकरण गरेका थिए ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारको अध्यक्षमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सावित्री सुनुवार, नयाँ गोरख गण रामेछापका प्रमुख सेनानी दीपक टण्डन क्षेत्री, सशस्त्र प्रहरी बल मन्थलीका प्रमुख मुरारी अधिकारी, स्थानीय जनप्रतिनिधिहरू, पालिकाका कर्मचारीहरू लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्