ज्यान मुद्दाको आरोपमा पक्राउ परेका लिखु तामाकोसी गाउँपालिकाका तामाङ जेल चलान



२४ माघ, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिका–५ पैयाबोटका ४५ बर्षिय गणेश दमाईको मृत्यु प्रकरणमा पक्राउ परेका लिखु गाउँपालिकाका ५१ बर्षिय प्रदिप कुमार तामाङ पुर्पक्षको लागि जेल चलान भएका छन् । आज जिल्ला अदालत रामेछापले आरोपी तामाङलाई मुद्वा पुर्पक्षको लागि कारागार कार्यालय रामेछाप पठाउन आदेश दिएको हो ।

मृतकका छोरा विषाल परियारले दिएको जाहेरीको आधारमा आपित तामाङलाई पक्राउ परेको थियो । प्रहरीले अनुसन्धान गरेर सरकारी वलिकको कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । गणेश दमाईको पुस २८ गते बिहान मृत्यु भएको थियो । मृत्यु भएपछि छोराले घटनामा प्रदिप तामाङ संलग्न रहेको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालयमा पुस २९ गते किटानी जाहेरी दर्ता गराएका थिए ।  अर्को फैसला नहुँदासम्म तामाङ जेलमै रहने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्