भोलिबाट हुने चौथो सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उदघाटन राखेपका सदस्य सचिव घिसिङले गर्ने



२५ माघ, रामेछाप ।
सुनापति गाउँपालिकाबाट भोलिबाट चौथो सुनापति राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । सुनापति गाउँपालिकाको खेलकुद विकास समितिको आयोजनामा हुन लागेको प्रतिगोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ ‘टकल’ले गर्ने भएका छन् ।
गाउँपालिकाको केन्द्र हिलेदेवीको खेलमैदानमा हुने कार्यक्रमको सम्पूर्ण तयार पूरा भएको खेलकुद विकास समितिका अध्यक्ष होमराज खपाङगी मगरले बताए । उनका अनुसार खेलकुद प्रतिगोगितामा गाउँपालिकाभित्र रहेका १२ वटा माविका विद्यार्थीहरु सहभागी हुनेछन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिवल, कबडी, रग्बी एथेलेक्टिस, हाइजम्म, लमजम्प लगायतका खेलहरु सञ्चालन हुने उनले जनकारी दिए । प्रतियोगितामा १२ विद्यालयबाट करिब चार सय विद्यार्थीले भाग लिने भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेहरुले क्रमश, २५, २० र १५ हजार पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्