अपहरण मुद्दामा दोषी ठहर भएर फरार रहेका मन्थली नगरपालिकाका नगरकोटी पाँच महिनापछि पक्राउ



२६ माघ, रामेछाप ।
जिल्ला अदालत रामेछापबाट शरीर बन्धक र जातिय भेदभाव सम्बन्धि मुद्दामा तीन बर्ष जेल सजाएपछि फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेर जेल चलान गरेको छ । गत भदौ २९ गते गतेको फैसला बमोजिम अपहरण तथा शरिर बन्धक र जातीय छुवाछुत भेदभाब सम्बन्धि कसुरमा सजायसँगै फरार रहदै आएका मन्थली नगरपालिका–६ का शेर बहादुर नगरकोटीलाई प्रहरीले मन्थली नगरपालिकाको भलाजोरबाट पक्राउ गरेको हो ।

अदालतले उनलाई दुई वटा मुद्दामा क्रमश, ३ बर्ष ५ महिना ८ दिन कैद, र २५ हजार जरिवाना, ११ महिना ८ दिन कैद र ७५ हजार जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले फरार रहेका नगरकोटीलार्य भलाजोर स्थित आफ्नै घरमा लुकिछिपि बसेको अबस्थामा पक्राउ गरेर जिल्ला अदालतको आदेश बमोजिम कारागार कार्यालय रामेछापमा पठाईएको रामेछाप न्युृजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्