जिसस प्रमुख कार्कीको नेतृत्वमा रामेछापभित्र सञ्चालित क्रसर उद्योगको अनुगमन सुरु (फोटोफिचर)



२७ माघ, रामेछाप ।
रामेछाप जिल्लाभित्र सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योगको जिल्ला समन्वय समिति रामेछापले अनुगमन थालेको छ । गृह मन्त्रालयको निर्देशनको कारण झण्डै तीन साता बन्द रहेर पुनः सञ्चालनमा आएको क्रसर उद्योगको जिसस प्रमुख चिना खड्का कार्कीको नेतृत्वमा अनुगमन सुरु गरेको हो ।
क्रसर उद्योगको मापदण्ड र सञ्चालनको विषयमा जिसस प्रमुख संयोजक रहने प्रावधान रहेको छ । कार्कीको नेतृत्वमा रामेछापका प्रमुख जिल्ला अधिकार शोभाखर रेग्मी, जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुली, खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठसहितको टोलीले आज खाँडादेवी गाउँपालिका अन्तर्गत सञ्चालित चार वडा क्रसर उद्योगको अनुगमन गरेको छ ।

जिसस रामेछापका प्रमुख चिना कार्कीले अनुगमनको क्रममा सुनकोसी नदी किनारामा सञ्चालित क्रसर उद्योगले मापदण्ड पूरा गरेको अवस्था नरहेको बताइन । उनले रामेछाप न्युजसँग भनिन,‘अनुगमनको क्रममा क्रसर उद्योगले मापदण्ड पालना गरेको पाइन,केही क्रसर उद्योगको नविकरण समेत नभएको पाइयो ।’
आगामी दुई महिनाभित्र उद्योगले घरेलु कार्यालयमा मापदण्ड पूरा गरेको कागतजात पेश गर्नुपर्ने बताउदै उनले नविकरण नभएका उद्योगलाई नविकरण गर्न समेत आग्रह गरेको बताइन् । उनका अनुसार मापदण्डको अध्ययन गरेर घरेलु कार्यालयले जिससमा प्रतिवेदन बुझाउने बताइन ।
जिसस रामेछापले जिल्लाभित्र सञ्चालित अन्य क्रसर उद्योगहरुको पनि अनुगमन गर्ने बताएको छ । आजको अनुगमनमा जिल्ला वन कार्यालयका प्रमुख, घरेलु कार्यालयका प्रमुखसहितको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्