रामेछापमा नाबालिका बलात्कार गरेर भागेका थापामगर खैरेनीघाटबाट पक्राउ



२८ माघ, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरीको फलाम पोखरी जंगलमा एक नाबालिलाई जबरजस्तीकरणी गरेर फरार भएका एक युवकलाई प्रहरीले २४ घण्टापछि पक्राउ गरेको छ । हिजो राती नाम नाम परिवर्तन सुनमायालाई घर नजिकै जंगलमा लगेर जबरजस्तीकरण गर्ने सुनापति गाउँपालिका–२ दिमीपोखरीका चेत भन्ने २६ बर्षिय रविन थापामगरलाई प्रहरीले पक्राउ गरेको हो । नाबालिकामाथि जबरजस्तीकरण भएपछि बालिकाले चित्याउदै परिवारको सदस्यलाई जानकारी गराएको थिइन । लगत्तै परिवारका सदस्यले प्रहरीलाई खबर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले पीडित पक्षले प्रहरीलाई खबर गरेलगत्तै सबै नाकामा चेकजाँचलाई कडाई गरेकै कारण आज खैरेनीघाट नाकाबाट पक्राउ गरिएको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार बलात्कारका आरोपी थापामगर हिडदै खैरेनीघाटको पुल क्रस गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापामगरमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडित नाबालिकाको स्वास्थ्य परीक्षण गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्