सुनापति गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्नः अग्लेश्व माविले जित्यो उपाधि (फोटोफिचर)



२८ माघ, रामेछाप ।
सुनापति गाउँपालिकामा चौथो सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । सुनापति गाउँपालिकाको प्रायोजन र सुनापति खेलकुद विकास समितिको आयोजनामा सञ्चालित खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाभित्र रहेका ११ वटा माविका विद्यार्थीहरु सहभागी प्रतियोगिताको उपाधि अग्लेश्वर मावि दिमिपोखरीले जितेको छ ।

प्रतियोगितामा अग्लेश्वर मावि दिमिपोखरी प्रथम, कृष्णपुरी मावि रुपाकोट द्धितिय, पशुपति मावि हिलेदेवी तृतिय र मावि मन्दर मेलचौर थौथो भएका छन् । विजेता खेलाडीहरुलाई बागमती प्रदेशसभाका सांसद युवराज चौलागाई, गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङ र खेलकुद विकास समिति सुनापतिका अध्यक्ष होम बहादुर खपाङी मगरले पुरस्कार र प्रमाणपत्र संयुक्त रुपमा वितरण गरेका थिए ।

विजयी प्रतियोगिहरुले क्रमश, २५, २० र १५ हजार नगर पुरस्कारको साथै प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा भलिबल, कबडी, एथेलेक्टिस, लमजम्म, हाइजम्प लगाएका खेल सहभागी गराइएको थियो । प्रतियोगितामा करिब सात सय भन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

सुनापति खेलकुद विकास समितिका सह–सचिव तेज तामाङ गाउँपालिका, विद्यालयको सहयोग र समितिको समन्वयमा छोटो समयमै पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।प्रतियोगिताको उदघाटन भने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्