एमालेले ‘मिसन ग्रासरुट’ अभियानः रामेछापमा यी हुन खटिएका तीन केन्द्रीय सदस्य, को कहाँ ?



३ फागु्न, काठमाडौं । नेकपा एमाले ‘मिसन ग्रासरुट’ अभियानका लागि केन्द्रीय सदस्यहरुलाई जिल्ला जिल्ला खटाएको छ । एमालेले फागुन र चैत महिनाभर संगठन विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाउने निर्णय गरेको थियो । सोही अनुसार ७५३ वटै स्थानीय तहमा अभियान चलाउयने भएको छ । अभियान अन्तर्गत पालिकामा खटिने केन्द्रीय सदस्यहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम गर्नुपर्ने एमालेले बताएको छ ।


यसैबीच आठ वटा स्थानीय तह र ६४ वटा वडा रहेको रामेछापमा एमालेले तीन जना केन्द्रीय सदस्य खटाएको छ । केन्द्रीय सदस्य कपिलदेव पोखरेल, निरु दर्लामी र कृष्णप्रसाद दाहाल आठ वटा स्थानीय तहमा अभियानको नेतृत्व गर्नेछन । रामेछापमा एमालेको पार्टी सदस्यता संख्या १४ हजार १०७ जना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्