रामेछापको बेतालीमा आधा शव जलेको अवस्थामा बृद्धाको शव भेटियो



७ फागुन, रामेछाप ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा आधा शव जलेको अवस्थामा एक बद्धाको शव फेला परेको छ । घरमा एक्लै वस्ती आएकी ७१ बर्षीय पद्म कुमारी खड्काको आधा शव जलेको अवस्थामा छिमेकीले फेला परेका हुन् । खड्काले आफू वस्ने घर विक्री गरेपनि सोही घरमा बस्दै आएका थिइन। आज बिहान अबेरसम्म पनि ढोका नखुलेपछि छिमेकीले सोधखोज गरेर घरभित्र हेर्दा उनको शव फेला पारेका थिए । लगत्तै स्थानीय उक्त घटना शंकास्पद भएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय होम बहादुर पराजुलीले चुलो नजिकै कम्मर भन्दा मुनिको भाग जलेर गुन्द्रिले लाश छोपेर राखेको अबस्थामा स्थानीयले फेला पारेको बताउदै घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताए । बृद्धका लाशलाई पोष्टमार्टमको लागि मन्थली पठाइएको छ । घटनाको खबर थाहा पाए लगत्तै डिएसपी पराजुली नै घटनास्थलमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्