शैलुङ्गमा  नवनिर्मित स्तुपामा विशेष पुजापाठ हुने



११ फागुन, रामेछाप । रामेछाप र दोलखा जिल्लाको संगमस्थल शैलुङ्गमा नवनिर्मित वौद्द स्तुपा तथा छोर्तेन निर्माण कार्य भएसँगै यही फागुन १५ गतेबाट विशेष पुजापाठ
हुने भएको छ । धार्मिक एवं पर्यटकीय गन्तव्य शैलुङमा निर्माण गरिएको स्तुपाको विशेष पुजा फागुन १७ गते सम्पन्न हुनेछ । २०७१ सालबाट निर्माण सुरु भएको शैलुङ्ग वौद्ध स्तुपा एवं छोर्तेन ८ वर्षमा निर्माण कार्य पुरा भएको हो । यस स्तुपा फिनिसिङ अन्तिममा शैलुङ्ग पेगेरी गुम्बा प्रमुख शोनम लामाको महत्वपुर्ण योगदान रहेको छ भने यस स्तुपाको मुख्य आयोजक शैलुङ रिगसुम गोन्पा सेवा समाज रहेको छ । शैलुङ्ग क्षेत्रमा धार्मिक पर्यटन प्रर्वधन लक्ष्य अनुरूप शैलुङ्ग डाँडामा ५५ फिटको उक्तवौद्ध छोर्तेन निर्माण गरिएको हो ।


स्थानीय निकाय सेवा क्षेत्रको समुदायहरूको सहयोग एवं चन्द दाताहरूको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त छोर्तेन निर्माण कार्यमा विशेष योजनामुखी भुमिका एवं सहयोग टुल्कु लोसाङ नामगेल रेन्पोक्षे गरेका छन् ।
शैलुङ्गमा धेरै जिल्लाहरुवाट धार्मिक पर्यटकहरु आउने सो कार्यक्रममा प्रमुख अतिथी प्राचिन वौद्ध ङिङ्‌मा सम्प्रादायका शरण नायक परम पुजनीय श्री क्याब्जे सेचेन रेन्पोक्षे विशेष अतिथी टुल्कु लोसाङ नामगेल रेन्पोक्षे आतिथ्यतामा सम्पन्न हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्