रामेछाप अस्पतालमा पहिलो पटक आजबाट डायलायसिस सेवा सुरु



११ फागुन, रामेछाप ।
रामेछाप अस्पतालबाट पहिलो पटक आजबाट डायलायसिस सेवा सुरु भएको छ । मृगौला रोगका बिरामीहरु राजधानी काठमाडौं र धुलिखेल लगायतका अस्पतालमा जानु पर्ने बाँध्यता हटाउदै रामेछाप अस्पतालमा डायलायसिस सेवा सुरु भएको हो ।

बागमती प्रदेश सरकारको पहलमा रामेछाप अस्पतालमा डायलायसिस सेवा सुरु गरकाे  छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. गगन अधिकारीको डा.भुषण सुवेदी, डा. पवन खत्री, नर्सिङ इन्चार्ज यशोदा बरालसहितको टोलीले आजबाट अस्पतालमा डायलायसिस सेवा सुरु गरेका हुन् ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय, प्रदेश आपूर्ति व्यवस्थापन शाखा, अस्पताल विकास समितिको संयुक्त प्रयासमा लामो समयको प्रतिक्षापछि जिल्ला अस्पतालबाट सेवा सुरु हुन सफल भएको छ । अस्पतालमा डायलायसिसका लागि पाँच वटा मेसिन रहेको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पवन अधिकारीले नागरिकको सेवालाई ध्यानमा राखेर आजबाट डायलायसिस सेवा सुरु गरिएको रामेछाप न्युजलाई बताए । उनका अनुसार  दैनिक दुई जना बिरामीलाई डायलायसिस गर्न सकिनेछ । अस्पतालले सकेसम्म सेवालाई निरन्तरता दिने गरी सेवा सुरु गरेको बताउदै व्यवस्थापनको कामलाई पनि ध्यान दिएर अघि बढने अधिकारीले बताए ।

आज रामेछाप नगरपालिकाकै एक महिलाको डायलायसिस गरेर सेवा सुरु गरिएको हो । डायलायसिसमा स्टाफ नर्स शान्ति अधिकारी, मनिता योञ्जन, स्मिर्ति मगर, शिखा हायु लगायतको सहभागीता रहेको थियो ।
रामेछापमा यसअघि तामाकोसी अस्पताल र मन्थली अस्पतालले डायलायसिस सेवा सुरु गरेका थिए । रामेछाप अस्पतालमै डायलायसिस सेवाले निरन्तरता पाए मृगौलाका बिरामीलाई काठमाडौं जानुपर्ने बाँध्यता हटनुको साथ आर्थिक रुपमा सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्