सदस्य सचिव घिसिङद्वारा मुलपानीका सार्वजनिक जग्गाको अवलोकन



काठमाडौं, फागुन १२ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न स्थानमा रहेका जग्गाको शुक्रबार अवलोकन गरेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले सदस्य–सचिव घिसिङलाई सोम तीर्थ, गोठाटारको इचोटस्थित पशुपति विकास कोष, मूलपानी चौर, थली चौर, डाँछी र अधिकारी गाँउमा रहेका जग्गाको अवलोकन गराएका हुन् ।

अवलोकनका क्रममा सदस्य–सचिव घिसिङ र मेयर कार्कीबीच निर्माण गर्न सकिने सम्भावित खेलका पूर्वाधार, जग्गा प्राप्तीको विषय, आपसी सहयोगको विषयलगायतका बारेमा छलफल भएको थियो । दुवैले खेलकुदको विकासका निम्ति आपसी समझदारीमा सहयोग र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्