गठबन्ध बदलेपछि प्रचण्डले भने–आजबाट नयाँ राजनीतिक यात्रा सुरु भयो



१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णयसँगै आजैबाट नयाँ राजनीतिक यात्राको सुरुवात भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको भन्दै यसलाई अघि बढाउ, समृद्धि ल्याउन र एकताबद्ध भएर जानु पर्ने बताएका हुन् ।
बालुवाटारमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, लोसपा, जनमत नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको छलफलमा राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव राख्दै प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा आठवटै दलले सहमति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्