लिखु हाइड्रो पावरमा रामेछापका कटुवालको मृत्युः १५ लाख क्षतिपूर्ति तिर्ने सहमतिपछि पीडित पक्षले शव बुझे



१५ फागुन, रामेछाप ।
लिखु हाइड्रो पावर कम्पनीमा कार्यरत रामेछाप उमाकुण्ड गाउँपालिका कुभुकास्थलीका ४१ बर्षीय उद्योगबहादुर कटवालको पाँच दिनपछि पीडित परिवारले शव बुझेका छन् । हाइड्रो पावर कम्पनी र पीडित पक्षबीच पीडत कटवालको परिवारलाई कम्पनीले १५ लाख क्षतिपूर्ति दिने सहमति भएसँगै आज साँझ आफन्तले शव बुझेका हुन् । पाँच दिन अघि काम गर्ने शिलशिलामा एक्कासी बिरामी भएपछि कम्पनीलाई हेलिकोप्टर मगाइ दिन मृतक कटवालले आग्रह गरेका थिए । तर कम्पनीले वेवास्था गरेको कारण उनको कटुवालको मृत्यु भएको भन्दै पीडित पक्ष आन्दोलित भएको थियो ।

पाँच दिन अघि मृत्यु भएका कटवालको शवलाई आज सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको किन्जास्थित स्वास्थ्य चौकीबाट बुझेर पोष्टमार्टमको लागि अहिले रामेछापको सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । प्रहरीले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार पाँच लाख रुपैयाँ पीडित परिवारलाई नगद र बाँकी दस लाख बीमा रकम उपलब्ध गराउन सहयोग गर्ने गरी कम्पनी र पीडित पक्षबीच सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्