नक्कली लाइसेन्स बनाउने रामेछाप सुनापति गाउँपालिकाका मानन्धर पक्राउ



१६ फागुन, काठमाडौं ।
नक्कली लाइसेन्स बनाउने सुनापति गाउँपालिका–५ का नविन मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा लाइसेन्समा विभिन्न वर्गका नक्कली सवारी चालक अनुमपति पत्र बनाइ प्रयोग गरेको उजुरीको आधारमा मानन्धरलाई पक्राउ गरेको हो । प्रहरीले मानन्धरको शरीरमा चेकजाँच गर्ने क्रममा नक्कली लाइसेन्स पाइएकाले नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्