शैलुङ्गको विकासमा रामेछाप र दोलखा जिल्ला मिलेर अघि बढनु पर्छः सांसद तामाङ



१७ फागुन, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद पूर्ण बहादुर तामाङ कान्छारामले पर्यटकीय गन्तव्य शैलुङ्ग क्षेत्रको विकास गर्न रामेछाप र दोलखा जिल्ला मिलेर अघि बढनु पर्ने बताएका छन् । शैलुङ्ग रामेछाप र दोलखाको संगमस्थल रहेकाले दुवै जिल्ला मिलेर पूर्वाधार विकास मार्फत पर्यटक प्रबद्र्धन गर्ने कार्यक्रम अघि सानु पर्ने बताएका हुन ।

उनले भने,‘शैलुङ्ग क्षेत्रका विकास गर्न मिलेर अघि बढौ, वृहत्तर रुपमा गुरु योजना निर्माण गर्रौ, बजेट व्यवस्थापनको लागि संघीय सरकारसँग पहल गर्छु ।’ खानेपानीको व्यवस्थापन, सडक मार्गको स्तरउन्नती गर्ने कार्यमा आफूले सक्दो पहल गर्ने बताउदै शैलुङ साझा विकासका लागि स्थानीय तहहरुबीच झन समन्वयको खाँचो रहेको बताए ।

शैलुङ्ग मुख्य भागमा निर्माण सम्पन्न बौद्ध छयोर्तेनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तामाङले भने,‘शैलुङ्ग विकासमा जनप्रतिनिधिहरुबीच अझै सुहकार्यको खाँचो छ, दुवै जिल्लाले डिपिआर बनाएर विकासको कामलाई अघि बढाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्